Logo

विश्वकप क्रिकेट: दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ राेज्याे



भारत, ३० कार्तिक । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अस्ट्रेलियासँगको खेलमा दक्षिण अफ्रिकाले टस जितेको छ ।

कोलकाताको इडेन गार्डेन्समा टस जितेर दक्षिण अफ्रिकाका कप्तान तेम्बा बभुमाले ब्याटिङ रोजेका हुन् ।

यो विश्वकपमा कोलकातामा भएको ४ खेलमा पहिले ब्याटिङ गर्ने टिमले ३ पटक र पहिले बलिङ गर्ने टिमले १ पटक जितेका छन् । अस्ट्रेलिया ७ पटक फाइनलमा पुग्दा ५ पटक विजेता बनेको छ भने दक्षिण अफ्रिका अहिलेसम्म फाइनलमा पुग्न सकेको छैन ।

आजको खेल जित्ने टोलीले फाइनलमा भारतसँग खेल्नेछ । बुधबार राति भएको पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई हराउँदै भारत फाइनलमा पुगेको छ । फाइनल खेल आउँदो आइतवार अहमदाबादमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्