Logo

दक्षिण अफ्रिकाले दियाे अस्ट्रेलियालाई २ सय १३ रनकाे लक्ष्य



भारत, ३० कात्तिक । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई २ सय १३ रनको लक्ष्य दिएको छ ।

कोलकाताको इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिका ४९ ओभर ४ बलमा २ सय १२ रनमा अलआउट भएको हो ।

दक्षिण अफ्रिकाका डेभिड मिलरले शतक बनाए । उनी १ सय १६ बलमा १ सय १ रन बनाएर आउट भए । यस्तै हेनरिच क्लासेनले ४७ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्क र प्याट कमिन्सले समान ३ विकेट लिएका हुन् ।

अस्ट्रेलिया ७ पटक फाइनलमा पुग्दा ५ पटक विजेता बनेको छ भने दक्षिण अफ्रिका अहिलेसम्म फाइनलमा पुग्न सकेको छैन ।

आजको खेल जित्ने टोलीले फाइनलमा भारतसँग खेल्नेछ । फाइनल खेल आउँदो आइतवार अहमदाबादमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्