Logo

ब्राजिललाई हराउँदै अर्जेन्टिना शीर्ष स्थानमा



ब्राजिल, ६ मङ्सिर । विश्वकप छनोट खेलमा अर्जेन्टिनाले ब्राजिललाई हराएको छ ।

आज बिहान भएको खेलमा ब्राजिल अर्जेन्टिनासँग १-० गोलले पराजित भएको हो । खेलको दोस्रो हाफमा अर्जेन्टिनाका डिफेन्डर निकोलस ओटामेन्डीले ६३ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलको ८१ औँ मिनेटमा ब्राजिल १० खेलाडीमा समेटिएको थियो । जितसँगै अर्जेन्टिनाको ६ खेलमा १५ अङ्क भएको छ । अर्जेन्टिना शीर्ष स्थानमा छ । समान खेलमा ७ अङ्क रहेको ब्राजिल छैठौँ स्थानमा रहेको छ ।

अर्जेन्टिना र ब्राजिलबीच आजको खेल सुरु हुनुअघि दुई देशका समर्थकबीच झडप समेत भएको थियो । समर्थकबीच मैदानमा नै झडप भएपछि बिहान रियो दि जेनेरियोको माराकाना रङ्गशालामा आधा घण्टा खेल रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्