Logo

नेपालको भोकमरी सूचकाङ्कमा सुधार



काठमाडौँ, ९ मङ्सिर । विश्वव्यापी भोकमरीको सूचकाङ्क (जिएचआई) मा नेपालको अवस्था सुधार देखिएको छ । ग्लोबल हंगर इन्डेक्स २०२३ र वेल्टहङ्गर हिल्फेद्वारा संयुक्त रूपमा प्रकाशित वार्षिक प्रतिवेदनमा यस्तो सुधार देखिएको हो ।

जिएचआईले १२५ राष्ट्रमा गरेको अध्ययनमा नेपाल ६९ औँ स्थानमा रहेको छ । अङ्कका आधारमा नेपालले १५ अङ्क प्राप्त गरेको छ । अघिल्लो वर्ष नेपालको अवस्था ८१ औँ नम्बरमा रहेको थियो । सार्क राष्ट्रमा भने नेपाल दोस्रो स्थानमा छ ।

शुक्रबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा बालबालिकामा हुने कुपोषण, पुड्कोपन, ख्याउटेपन र बाल मृत्युदरलाई भोकमरीको सूचक मानिएको थियो । नेपालमा १५ प्रतिशत जनसङ्ख्याले मात्रै पेटभर खान नपाउने अवस्था रहेको अध्ययनले देखाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्