Logo

सुनको भाउ अहिलेसम्मकै महँगो



काठमाडौँ, ११ मङ्सिर । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज तोलामा सुन १ लाख १७ हजार ४ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै महँगो हो ।

यसअघि गएको कात्तिक १२ गते सुनको भाउ बढेर तोलामा १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो ।

सुनको भाउ आइतबार भन्दा आज तोलामा पाँच सय रुपैयाँले महँगो भएको हो । हिजो तोलामा सुन १ लाख १६ हजार ९ सय रुपैयाँ थियो ।

यस्तै, चाँदी पनि आज भाउ बढेर तोलाको १ हजार ५ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै महँगो हो ।

प्रतिक्रिया दिनुहोस्