Logo

सुनचाँदीको भाउ अहिलेसम्मकै महँगो



काठमाडौँ, १२ मंसिर । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ ।

आज तोलामा सुन १ लाख १७ हजार ७ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । यसअघि सोमबार १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा आज तोलामा तीन सय रुपैयाँ बढेको हो ।

त्यस्तै आज चाँदी हिजोकै भाउ तोलाको १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको यो भाउ पनि अहिलेसम्मकै महँगो हो ।

प्रतिक्रिया दिनुहोस्