Logo

सभापति देउवा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्दै



काठमाडौँ, १३ मङ्सिर । नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्ने भएको छ ।

सभापति शेरबहादुर देउवाले आफ्नै निवास धुम्बाराहीमा दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठकमा समसमायिक राजनीतिक विषयका साथै पार्टीको महासमिति बैठकको तयारीलगायत विषयमा छलफल हुने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । महासमिति बैठकअघि विभागका संयोजक र सदस्यलाई पूर्णता दिनुपर्ने भएकाले सभापति देउवाले छलफल गर्न बैठक बोलाएको उनले बताए ।

कांग्रेसले आगामी पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक आयोजना गर्दैछ । महासमिति बैठकमा नीतिगत प्रस्ताव, सांगठनिक तथा समसामयिक राजनीतिक सम्बन्धी प्रतिवेदन पेश हुनेछ ।

प्रतिक्रिया दिनुहोस्