Logo

मेची क्याम्पसको स्वर्णमहोत्सव



सम्पादकीय
मेची बहुमुखी क्याम्पस भद्रपुरको स्वर्णमहोत्सव सम्पन्न भएको छ । जनसहयोगबाट संस्थापित मेची क्याम्पसको स्वर्णमहोत्सवले ऐतिहासिक महत्व बोकेको छ भन्दा अन्यथा हुँदैन । बर्षभर बिभिन्न गतिविधि संचालन गर्दै आएको क्याम्पसले स्वर्णमहोत्सव समापन समारोहले केही नयाँ आयाम थपेको छ । स्वर्णमहोत्सवको सन्दर्भमा क्याम्पसका भौतिक निर्माणमा सहयोग पुगेको छ । मेची क्याम्पससँग कुनै न कुनै सम्बन्ध भएका सयौं व्यक्तिको महोत्सवले पुनरमिलन हुने अवसर जुटाई दियो । मेची क्याम्पससँग साइनो जोडिएर देश विदेशमा छरिएका व्यक्तिलाई क्याम्पसको स्मरण गराएको छ । यि सबै सन्दर्भले महोत्सव ऐतिहासिक हो भन्न सकिन्छ ।
क्याम्पस प्रसाशनले स्वर्णमहोत्सव आयोजना गर्नु कर्तत्य मात्र हो भन्ने ठान्नु हुँदैन । क्याम्पसलाई बिभिन्न कालखण्डमा सहयोग गर्ने वा क्याम्पससँग नाता रहेका व्यक्तिलाई स्वर्णमहोत्सवले सकारात्मक सन्देश  दिनु महत्वपूर्ण हो । क्याम्पसको भौतिक बिकासकालाई सहयोग गर्न इच्छाशक्ति भएकालाई उत्प्रेरित गर्न सक्नु पर्दछ । महोत्सवको सन्देश क्याम्पसको उन्नति र प्रगतिका लागि सहयोगी हात बढाउ भन्ने हो । क्याम्सले पुरानो शैलीको शिक्षाको बिकल्पमा रोजगार मूलक शिक्षा पठनपाठन गराउनु पर्नेमा सबैको जोड थियो । यसलाइृ क्याम्पस प्रसाशनले मार्गदर्शन मागेर अघि बढ्न सक्नु पर्दछ ।
आरम्भमा क्याम्पसलाई संस्थापन गर्न निस्वार्थ अहोरात्र खटिने प्राध्यापक, कर्मचारी, जग्गादाता लगायतका संस्थापकलाई सम्मान गर्नु आफैमा स्वागत योग्य कुरा हो । त्यसमा पनि राष्ट्रपतिलाई आमन्त्रण गरेर सम्मान गर्नु प्रसंशनिय कुरा हो । तर, क्याम्पस  संस्थापनमा उच्च योगदान पुर्याएका व्यक्तिसँगै  बिवादस्पद व्यवसाय गर्ने चन्दादातालाई सम्मान गर्नु सुहाउने बिषय होइन । जो राष्ट्रपतिले सम्मन गर्न लायकका व्यक्ति पनि होइनन् । बिवादस्पद व्याक्तिको सम्मान योग्य व्यक्तित्वको मात्र होइन राष्ट्रपतिकोसमेत अपमान हो । महोत्सव आयोजक समितिको यो गम्भिर त्रुटी हो । सम्मानमा ३७ जनाको लर्को देखेर राष्ट्रपति आफै अचम्मित भएका थिए । राष्ट्रपति सचिवालयमा तत्काल स्टेजबाटै आपत्ति भयो । सरल स्वभावका राष्ट्रपतिले कुनै प्रतिक्रिया दिएनन् तर राष्ट्र प्रमुख बोलाउँदा न्यूनतम मर्यादा ख्याल गर्न सकिएन भने त्यसले अपमान सृर्जना गर्न सक्दछ । अवका दिनमा यस्ता सवालमा गम्भिर हुनु पर्दछ ।
 

प्रतिक्रिया दिनुहोस्