Logo

अमेरिकाले प्रक्षेपण गरेको अन्तरिक्षयान चन्द्रमामा नपुग्ने निश्चित



अमेरिका, २५ पुस । अमेरिकाले चन्द्रमाका लागि प्रक्षेपण गरेको पेरग्रीन अन्तरिक्ष यान आफ्नो गन्तव्यमा पुग्न नसक्ने निश्चित भएको छ ।

यसअघि फ्लोरिडाबाट उड्नासाथ भोल्कन रकेटमा केही समस्या देखा परेकोमा अहिलेसम्मको अवस्था हेर्दा लक्ष्यमा पुग्न नसक्ने निश्चित भएको रकेट निर्माण गर्ने कम्पनी एस्ट्रोबटिकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

रकेटले अमेरिकी अन्तरिक्ष यान पेरग्रीन ल्यान्डर बोकेको छ । इन्धन चुहावटको समस्याका कारण रकेटका सौर्य प्यानलहरू सूर्यतिर फर्किएर स्थिर भई बस्न नसकेका अभियानमा संलग्न वैज्ञानिकहरूले बताएका छन् ।

पेरग्रीन ल्यान्डरलाई अमेरिकी अन्तरिक्ष अन्वेषण निकाय नासाले चन्द्रमामा आफूले गर्न खोजेको व्यावसायिक कामको योजनामा राखेको थियो । आउँदो महिना चन्द्रमामा अवतरण गर्ने ठानिएको यो यान चन्द्रमामा पुगेमा पाँच दशकपछि चन्द्रमामा सुरक्षित अवतरण गर्ने अमेरिकी यान बन्ने थियो ।

प्रतिक्रिया दिनुहोस्