Logo
  फाल्गुन १०, २०८० बिहीबार

बालबालिकाको नग्न तस्बिर फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा पठाउन रोक लगाउने तयारी



काठमाडौँ, १४ माघ । फेसबुकको मातृ कम्पनी मेटाले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा बालबालिकाको नग्न तस्बिर पठाउन र प्राप्त गर्न रोक लगाउने भएको छ ।

सामाजिक सञ्जालमा बालबालिकाको नग्न तस्बिर पठाउन र प्राप्त गर्न रोक लगाउन छिट्टै ‘सेफ्टी टुल’ ल्याउन लागेको मेटाले जनाएको छ । इनक्रिप्टेड च्याटमा पनि यो लागू हुनेछ । यो टुल वैकल्पिक हुनसक्छ र फेसबुकमा वयस्कहरूका लागि पनि उपलब्ध हुनसक्छ ।

मेटाले इनक्रिप्ट म्यासेन्जरलाई डिफल्टमा राखेको थियो । कम्पनीको यो निर्णयको निकै आलोचना भएको थियो । इनक्रिप्सनका कारण बालबालिकामाथि हुने दुर्व्यवहारको घटना पत्ता लगाउन नसकेको मेटाको भनाइ थियो । महिला र १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई यौन दुर्व्यवहारबाट बचाउन यो फिचर ल्याएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्