Logo

सावित्रा भण्डारी फ्रान्सेली क्लबमा अनुबन्ध



काठमाडौँ, १९ माघ । नेपालकी चर्चित महिला फुटबलर सावित्रा भण्डारी (साम्बा) फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लब एना भान गेङगाङ्पमा अनुबन्ध भएकी छन् ।

फ्रान्सेली क्लब एना भान गेङगाङ्पले सावित्रालाई जारी सिजनको थप समय र अर्को एक सिजनका लागि अनुबन्ध गरेको हो । यससँगै सावित्रा युरोपको शीर्ष डिभिजन लिग खेल्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।

क्लबसँग सम्झौता गरेसँगै सावित्रा माघ १५ गते नै फ्रान्स प्रस्थान गरिसकेकी छन् । एना भान गेङगाङ्प हाल लिगमा १२ खेलबाट आठ अङ्क जोड्दै १०औँ स्थानमा छ । १२ टोली सहभागी लिगको अन्तिममा रहने टोली रेलिगेसनमा पर्नेछ । सावित्राले यसै सिजन मात्र इजरायली क्लब हापोयल रानानाबाट त्यहाँको घरेलु लिग खेलेकी थिइन् ।

प्यालेस्टाइन र इजरायलबीच द्वन्द्वका कारण उक्त लिग रोकिएको थियो । अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि सर्वाधिक ४३ गोल गरिसकेकी सावित्रा घरेलु फुटबलमा विभागीय टोली एपिएफबाट खेल्दै आएकी छन् । इजरायली क्लबअघि उनले भारतीय आइ लिगमा खेल्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्