Logo

यू-१९ टोली विश्वकप खेलेर फर्कियो



काठमाडौँ, २२ माघ । दक्षिण अफ्रिकामा भएको १९ वर्षमुनिको विश्वकप क्रिकेट खेलेको नेपाली युवा टोली स्वदेश फर्किएको छ ।

विश्वकप खेलेर आएको नेपाली टोलीलाई विमानस्थलमा नेपाल क्रिकेट सङ्घका पदाधिकारीसँगै समर्थकले स्वागत गरेका थिए । १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपाल ‘सुपर सिक्स’ सम्म पुगेको थियो ।

विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै टोलीका कप्तान देव खनालले समग्रमा खेल राम्रो भएको प्रतिक्रिया दिए । उनले नयाँ खेलमा नयाँ कुरा सिक्न पाएको बताएका छन् ।

यस्तै टोलीका प्रशिक्षक जगत टमाटाले खेलाडीहरूको प्रदर्शनबाट खुशी रहेको बताए ।

समूह चरणमा नेपालले न्युजिल्यान्ड र पाकिस्तानसँग हार बेहोर्दा अफगानिस्तानलाई हराएको थियो । त्यस्तै ‘सुपर सिक्स’ मा नेपाल बङ्गलादेश र भरतसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्