Logo

क्यानडालाई नेपालको मध्यम लक्ष्य



काठमाडौँ, २५ माघ । पहिलो एक दिवसीय क्रिकेटमा नेपालले जितका लागि क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ‌ओभरमा अल आउट हुँदै २२४ रन बनाएको हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रन बनाए । ५८ बल खेलेका उनले ९ चौका र १ छक्का हानेका थिए ।

त्यस्तै आरिफ शेखले ३८ रन बनाए भने सोमपाल कामी २७ रनमा आउट भएका थिए । क्यानडाका उदय भागवानले ३ तथा इश्वरजित सोही र साद बिन जाफरले समान २ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्