Logo

चीनसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी



काठमाडौँ, २७ माघ । चीनसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी भएको छ ।

दशरथ रंगशालामा भएको खेलमा नेपालको २३ वर्षमुनिको टोलीले चीन यान्सुको २३ वर्षमुनिको टोलीलाई ५-१ गोलले हराएको हो ।

पहिलो हाफमा २ गोल गरेको नेपालले दोस्रो हाफमा ३ गोल थप्यो । चीनले एक गोल फर्कायो । चिनियाँ नयाँ वर्षको अवसरमा चीनको प्रस्तावमा खेल भएको हो ।

नेपालको जितमा समिर तामाङले दुई गोल गरे भने छिरिङ लामा, सञ्जिव विष्ट र निराजन धामीले एक-एक गोल थपेका थिए । चिनियाँ टोली चिङ्घाइ फुटबल क्लबका लागि जासी पेङ्कोउले सान्त्वना गोल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्