Logo

क्यानडाविरुद्ध नेपाल ‘ए’ को रोमाञ्चक जित



ललितपुर, ८ फागुन । कप्तान सन्दीप जोरा र बसिर अहमदको अर्धशतकप्रेरित नेपाल ‘ए’ ले एकदिवसीय शृंखलाको दोस्रो खेलमा क्यानडाविरुद्ध दुई विकेटको रोमाञ्चक जित निकालेको छ ।

क्यानडाले प्रस्तुत गरेको २४१ रनको लक्ष्य नेपालले ४९.१ ओभरमा आठ विकेट गुमाएर भेट्टाएको हो । बसिर अहमद ७३ बलमा ५२ अभिजित रहे भने कप्तान सन्दीप जोरा ७४ बलमा ६६ तथा रसिद खानले ५१ बलमा ४७ रन बनाएका थिए ।

मूलापनी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा खेल सकिन १ बल बाँकी छँदा २४० रनमा अलआउट भएको थियो ।

बलिङमा नेपालका शाहव आलमले ३, शेर मल्ल र रशिद खानले २-२ तथा बसिर अहमद र सागर ढकालले १-१ विकेट लिएका थिए ।

क्यानडाका श्रेयास मोभाले सर्वाधिक ६८ रन जोडे भने नवनित धलिवलले ४६, सृमन्थ विजयरत्नेले ४१ र आरोन जोन्सनले ३६ रनको योगदान दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्