Logo

विश्वकप क्रिकेट लिग: नेपाल नामिबियासँग पराजित



काठमाडौँ, ९ फागुन । आईसीसी विश्व कप क्रिकेट लिग-२ मा नेपाल नामिबियासँग दोस्रो खेलमा पनि पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियाले नेपाललाई तीन विकेटले हराएको हो ।

नेपालले दिएको १ सय ६९ रनको सामान्य लक्ष्य नामिबियाले १० ओभर बाँकी छँदै ८ विकेट गुमाएर भेटायो । उसका लागि गेरहार्ड इरास्मसले सर्वाधिक ५२ र जेजे स्मितले ३४ रन बनाए । नेपालका कुशल भुर्तेलले तीन तथा दीपेन्द्रसिँह ऐरी, रोहित पौडेल, ललित राजवंशी र कुशल मल्लले एक-एक विकेट लिएका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभर एक बलमा अल आउट हुँदै एक सय ६८ रन बनायो । नेपालका लागि आशिफ शेखले ५८ रन, कुशल मल्लले ३६ रन, भीम सार्कीले २६, कुशल भुर्तेलले १८ र करन केसीले १२ रन बनाए । नामिबियाका बर्नाल्ड स्कोल्ज्ड र जन निकोल लेफ्टी इटोनले चार विकेट लिएका हुन् ।

यसअघि भएको पहिलो खेलमा पनि नामिबियाले नेपाललाई चार विकेटले हराएको थियो । आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो । आजको हारसँगै नेपाल तीन खेलमा २ अङ्कसहित तालिकाको दोस्रो स्थानमा झरेको छ । यो शृङखलाको अन्तिम खेल नेपालले नेदरल्याण्ड्ससँग आउँदो आइतवार खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्