Logo

थापाथलीकाे प्रसूति गृहबाट २६ दिनकाे शिशु चाेरी, अनुसन्धान गर्दै प्रहरी



काठमाडौँ, ११ फागुन । काठमाडौँको थापाथलीमा रहेको प्रसूति गृहबाट २६ दिनको शिशु चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी परेको छ ।

काभ्रेपलाञ्चोक घर भएकी एक महिलाले आफ्नो शिशु चोरी भएको उजुरी गरेकी हुन् । घटना आज दिउँसो साढे १२ बजेतिर भएको हो ।

उजुरीकर्ता ओपीडी जाँचका लागि थापाथली अस्पताल पुगेका थिए । उजुरीपछि प्रारम्भिक अनुसन्धानमा एक जना महिलाले केहीबेर खेलाउने भनेर बोकेको र लगत्तै शिशुलाई लिएर फरार भएको पाइएको छ ।

थापाथली र आसपासका क्षेत्रमा रहेका सीसीटीभी क्यामेरामा कैद भएका फुटेज हेरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्