Logo

चालक नभएको रेल जब ७० किमि कुद्‌यो…



भारत, १४ फागुन । भारतमा एउटा मालवाहक रेल बिनाचालक ७० किलोमिटर गुडेपछि भारतीय रेल सेवाले छानबिन गर्न आदेश दिएको अधिकारीहरूले बताएका छन् ।

सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा उक्त रेल तीव्र गतिमा विभिन्न स्टेशन हुँदै गुडेको देखिन्छ ।

उक्त रेल आइतवार जम्मु तथा कश्मीरको कठुआबाट पन्जाबको होशियारपुर जिल्लासम्म बिनाचालक कुदेको बताइएको छ ।

भारतीय रेल सेवाका अनुसार पछि त्यो रेललाई रोकियो । उक्त घटनाक्रममा कोही पनि घाइते भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्