Logo

त्रिकोणात्मक टी-२० शृङ्खला: नेदरल्यान्ड्सविरूद्ध नेपालको सानदार जित



काठमाडौँ, १९ फागुन । त्रिदेशीय टी-२० क्रिकेट शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको छ ।

नेदरल्यान्ड्सले दिएको १ सय २१ रनको लक्ष्य नेपालले १५ ओभर २ बलमा चार विकेट गुमाएर भेटाएको हो ।

नेपालका कप्तान रोहित पौडेलले सबैभन्दा धेरै ४६ रन बनाए । यस्तै गुल्सन झा ३८ रन बनाएर आउट भए । नेदरल्यान्ड्सका भिभान किङ्गमाले ३ विकेट लिएका थिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्स १९ ओभर ३ बलमा १ सय २० रनमा समेटियो । नेदरल्यान्ड्सका म्याक्स ओडाउडले सबैभन्दा धेरै ३१ रन बनाए । नेपालका प्रतिस जिसीले ३ तथा करण केसी र कुशल मल्लले समान २ विकेट लिएका हुन् ।

यो जितसँगै नेपालको फाइनल सम्भावना बढेको छ । आइतबार नामिबिया नेदरल्यान्ड्ससँग पराजित भएमा नेपालले फाइनलमा स्थान बनाउने छ । नामिबिया विजयी भए फाइनलमा पुग्ने टोलीको टुंगो नेटरनरेटका आधारमा लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्