Logo

सुन चाँदीको मूल्य घट्यो



काठमाडौँ, ५ चैत । स्थानीय बजारमा पहेलो धातुको मूल्यमा सामान्य हेरफेर भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु पाँच सयले घटेको हो ।

आइतबार प्रतितोला रु एक लाख २५ हजार मूल्यमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला रु एक लाख २४ हजार पाँच सय कायम भएको छ ।

यस्तै तेजाबी सुनको मूल्य आइतबार रु एक लाख २४ हजार चार सय कायम भएकोमा आज भने तोलामा रु पाँच सयले घटेर रु एक लाख २३ हजार नौ सय कायम भएको छ ।

त्यसैगरी चाँदीको मूल्य पनि सामान्य घटेको छ । आइतबार प्रतितोला रु एक हजार तीन सय १२ मा कारोबार भएको चाँदी आज भने प्रतितोला रु एक हजार तीन सय तीन निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्