Logo

सर्वोच्च अदालत परिसरबाट हतियारसहित बुद्धशान्तिका खड्का पक्राउ



काठमाडौँ, ५ चैत । नेपाल प्रहरीले सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका-३ का दीपक खड्का रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “अत्याधुनिक हतियार लिएर अदालत प्रवेश गर्ने क्रममा त्यहाँ सुरक्षार्थ खटिएका प्रहरीले नियन्त्रणमा लिएर हामीलाई बुझाएको छ, उक्त विषयमा अनुसन्धान भइरहेको छ ।”

प्रतिक्रिया दिनुहोस्