Logo

उपनिर्वाचनः इलाममा आज रातिदेखि नै मतगणना सुरु गरिने



इलाम, १५ वैशाख । प्रतिनिधि सभा सदस्य चयनका लागि इलाम–२ मा मतदान जारी रहेको छ । आज शनिबार विहान ७ बजेबाट सुरु भएको मतदाना बेलुका ५ बजेसम्म जारी रहने बताइएको छ ।

निर्वाचन आयोगले मतगणना सकिनेबित्तिकै इलाम–२ को मतगणना सुरु गर्ने बताएको छ । सबै मतदान केन्द्रबाट बेलुका १० बजेसम्म मतपेटिकाहरु संकलन भइसक्ने आयोगको अनुमान छ । आयोगले यस राति १२ बजे अगावैबाट मतगणना प्रारम्भ गर्ने तयारी रहेको बताएको छ ।

इलाम–२ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता छन् । इलाम– २ मा ७९ मतदान स्थल र एक सय ४९ वटै मतदान केन्द्र छन् ।

प्रतिक्रिया दिनुहोस्