Logo

इलाम -२ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी



इलाम, १८ वैशाख । इलाम – २ मा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ विजयी हुनु भएको छ । नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेद्वार डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गर्नुभएको थियो । प्रतिनिधिसभा सदस्यका लागि खड्काको इलाम–२ मा यो दोस्रो पराजय हो । यस अघि स्वर्गीय सुवासचन्द्र नेम्वाङ सँग पनि खड्का ११४ मतले पराजित हुनु भएको थियो ।

सुहाङसंगै चुनावी मैदानमा रहनु भएका स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमको तेस्रो मत अर्थात ११ हजार ४५७ मत पाउनु भएको छ । यस्तै रास्वपाका मिलन लिम्बु योङहाङले ५ हजार ५० मत ल्याएर चौथो हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्