Logo

ताजा अपडेट : इलाममा एमाले ६ हजार ६२८ मतले अगाडि



इलाम, १७ वैशाख । प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा एमाले का उम्मेदवार सुहाङ नेम्वाङको मतान्तर ६ हजार ६४० पुगेको छ । पछिल्लो परिणाम अनुसार उहाँले २१ हजार ३८० मत पाउनुभएको छ ।

नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १४ हजार ७५२ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९ हजार ९५५ मत प्राप्त गर्दा रास्वपाका मिलनकुमार योङहाङ लिम्बुले ३ हजार ६०३ मत ल्याउनुभएको छ। शनिबार भएको उपनिर्वाचनको मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्