Logo

बागलुङमा बस दुर्घटना: १६ जना घाइते



बागलुङ, ५ चैत । बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

पश्चिम रुकुमबाट काठमाडौँका लागि हिँडेको बागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको बस आज साँझ बागलुङको निसीखोला गाउँपालिका-६ सिपमा दुर्घटना भएको हो ।

बस मध्यपहाडी लोकमार्गबाट एक सय ५० मिटर तल खसेको प्रहरी नायब उपरीक्षक मदन केसीले बताए । घटनामा घाइतेको उद्धारको काम चलिरहेको छ ।

घाइतेको अवस्था गम्भीर रहेको घटनास्थलमा पुगेका प्रहरी सहायक निरीक्षक भोजबहादुर गुरुङले बताएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्