Logo

नेवा: पासा मुना पुच: बिर्तामोडद्वारा दुई पत्रकार सम्मानित



बिर्तामोड, ५ चैत । नेवा: संस्था नेवा: पासा मुना पुच: बिर्तामोडले नेवा समुदायका दुई जना पत्रकारलाई सम्मान गरेको छ ।

नेवा: पासा मुना पुच: बिर्तामोडको आज सम्पन्न ३० औँ साधारण सभामा झापा जिल्लामा कृयाशिल दुई जना नेवा समुदायका पत्रकारलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा एपी वन टेलिभिजनका बिष्णुकुल श्रेष्ठ र जन आन्दोलन डटकमका जोस्ना श्रेष्ठ रहेकी छिन् ।

नेवा भाषा र सस्कृति संरक्षणमा संचारको क्षेत्रबाट भूमिका निर्वाह गरेको भन्दै सञ्चार क्षेत्रमा अझ शसक्तता बृद्धिको कामनासहित पत्रकार श्रेष्ठ द्वयलाई प्रशंसा पत्रले सम्मानित गरिएको संस्थाका अध्यक्ष दिनेश श्रेष्ठले बताए ।

उक्त अवसरमा बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सदस्य पदमा निर्वाचित माया प्रधान र बिर्तामोड उद्योग बाणिज्य संघको सदस्य पदमा निर्वाचित संस्थाका अध्यक्ष दिनेश श्रेष्ठलाई प्रशंसा पत्र प्रदान गरिएको थियो भने संस्थाको तर्फबाट बिर्तामोड उद्योग बाणिज्य संघको नवनिर्वाचित टिमलाई बधाई तथा शुभकामना दिईएको थियो ।

संस्थाका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि भाषा विद गणेश बज्रचार्य रहेका थिए ।

उक्त कार्यक्रममा संस्थापक सचिव, पुर्व अध्यक्ष तथा सल्लाहकार कृष्ण उदास, नेवा: देय दवु धरान उपमहानगरपालिका समितिका अध्यक्ष मनोहर रत्न शाक्य, नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समितिका अध्यक्ष राजकुमार राजवंशी, उद्योग बाणिज्य संघ बिर्तामोडका अध्यक्ष राजु न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाको सांगठानिक बार्षिक प्रतिवेदन अध्यक्ष श्रेष्ठले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष शर्मिला शाक्यले प्रस्तुत गरेकी थिइन् भने कार्यक्रम संयोजक तारामणि श्रेष्ठले औचित्य माथि प्रकाश पारेका थिए ।

उपाध्यक्ष राजिव श्रेष्ठले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव मिलन शाक्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्