Logo

अर्थमन्त्री पुन र चिनियाँ राजदूत सोङबीच शिष्टाचार भेट



काठमाडौँ, ६ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच शिष्टाचार भेटवार्ता भएको छ ।

आज अर्थमन्त्रालयमा भएको भेटघाटमा द्विपक्षीय आपसी हित र सहकार्यका विषयमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।

भेटमा अर्थमन्त्री पुनले चिनियाँ सहयोग तथा लगानीमा निर्माणाधीन विकास आयोजनाका कामलाई तीव्रता दिन आग्रह गरे । त्यस्तै लगानी प्रक्रियामा रहेका आयोजना शीघ्र अघि बढ्ने विश्वास पनि उनले व्यक्त गरेका थिए ।

पछिल्ला दशकमा चीनले आर्थिक विकास र गरिबी निवारणका क्षेत्रमा गरेको काम विश्वकै लागि उदाहरणीय रहेको उल्लेख गर्दै अर्थमन्त्री पुनले चीनको अनुभव नेपालका लागि पनि सान्दर्भिक हुन सक्ने बताए । नेपालको अर्थतन्त्रमा केही शिथिलता देखिएको र जनताको विकासको आकाङ्क्षा उच्च भएकाले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय निकायबाट नेपालले अतिरिक्त सहयोगको अपेक्षा राखेको पनि अर्थमन्त्री पुनले बताएका छन् ।

चिनियाँ लगानीमा चक्रपथको दोस्रो खण्डको काम छिट्टै अघि बढ्ने विश्वास पनि उनले व्यक्त गरेका थिए । जिलोङ-केरुङ-रसुवागढी-चिलिमे दुई सय २० केभी अन्तरदेशीय प्रसारणलाइन निर्माण पनि तत्काल अघि बढाउनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्