Logo

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ



काठमाडौँ, ९ चैत । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । भ्रष्टाचारको आरोपमा प्रवर्तन निर्देशनालय (ईडी) ले मुख्यमन्त्री केजरिवाललाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

निर्वाचन आयोगले निर्वाचन कार्यक्रम घोषणा गरेसँगै केन्द्रीय सरकारले ईडीमार्फत मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरिएको विपक्षी काँग्रेसलगायतका पार्टीले आरोप लगाएका छन् । ईडीले भ्रष्टचारको आरोपमा दिल्लीका पूर्व उपमुख्यमन्त्री मनोज सिसोदियालाई मुद्दा चालाएको छ । सिसोदिया कारागारमा छन् ।

मोदी सरकारका पछिल्ला कदम लोकतन्त्र विरोधी भन्दै आलोचना भएको छ । विपक्षी पार्टी कँग्रेस आईले १४ लाख आयरकरमा नदेखाएको आरोपमा बैंक खाता बन्द गरिदिएको छ । मोदी सरकारका विपक्षी पार्टीका नेता विरुद्ध विभिन्न अभियोग लगाउने र पक्राउ गर्ने अभियानमा छ ।

प्रतिक्रिया दिनुहोस्