Logo

गृहमन्त्रीलाई एक मिनेट पनि पदमा बस्ने छुट छैन: डा.कोइराला



काठमाडौँ, १० पुस । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन् ।

सडकदेखि सदनसम्म चौतर्फी विरोध भैरहँदा पनि रवि पदमा बसिरहनुको पछाडि केही रहस्य लुकेको उनको भनाइ छ । “तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लागेर निर्दोष सावित भए फेरि मन्त्री भए भएहाल्यो,” कोइरालाले भने ।

काठमाडौँको मध्येबानेश्वरमा पार्टीका स्थानीय कार्यकर्तासँगको भेटमा कोइरालाले सत्ता गठबन्धनले यति ठूलो बदमासी गरिरहँदा पनि काठमाडौँका चेतनशील मानिस चुपचाप बसिरहँदा अचम्म लागेको बताए । हरेक परिवर्तनमा काठमाडौँबासीको भूमिका महत्तवपूर्ण रहेको बताउँदै कोइरालाले अबका दिनमा पनि निरन्तर खबरदारीको आवश्यकता रहेको बताएका छन् ।

स्थानीय कार्यकर्ताले पार्टीमा चाकडीप्रथा हावी भएको, सरकारमा सहभागी हुँदा कांग्रेसका मन्त्रीहरूले जनताको भावनाअनुसार काम गर्न नसकेको र लामो समय पार्टी एकै व्यक्तिको हातमा भएकाले कांग्रेस कमजोर भएको गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्