Logo

बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश



काठमाडौँ, १२ चैत । सर्वोच्च अदालतले झापाको बीएन्डसी अस्पताललाई मेडिकल कलेज सञ्चालनको अनुमति दिन सरकारलाई आदेश दिएको छ ।

न्यायाधीशहरु शारङ्गा सुबेदी र कुमार चुडालको संयुक्त इजलासले मेडिकल कलेज चलाउने अनुमति दिन आदेश दिएको हो ।

अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले बीएन्डसी मेडिकल कलेज सञ्चालनका लागि पूर्वाधार बनाउन अनुमति पाएर भौतिक संरचना तयार गरे पनि सरकारले अनुमति नदिएको भन्दै २०७७ सालमा रिट दर्ता गरेका थिए ।

मेडिकल व्यवसाय हुँदै राजनीतिक सम्बन्ध बनाएका दुर्गा प्रसाईंले खोलेको मेडिकल कलेजको सम्बन्धनलाई लिएर लामो समयदेखि विवाद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्