Logo

कनकाई नहरमा डुबेर एक जनाको मृत्यु



झापा, १२ चैत । कनकाई सिञ्चाई आयोजनाको नहरमा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा नं.११ का १४ वर्षीय रविन श्रेष्ठ रहेका छन् । आज दिउँसो साढे २ बजेतिर साथीहरुसँग पौडी खेल्ने क्रममा नहरमा पस्नेबित्तिकै श्रेष्ठलाई बगाएको थियो ।

श्रेष्ठको शबलाई पानीबाट बाहिर निकाली पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्