Logo

धनगढी उपमहानगरका मेयर हमालकी छोरी सम्पर्कविहीन



धनगढी, १३ चैत । धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालकी छोरी आरती हमाल भारतको गोवाबाट सम्पर्कविहीन भएकी छन् ।

केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी छोरी हिजोदेखि सम्पर्कबिहीन भएको मेयर हमालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

गोवा बस्ने शुभचिन्तक दाजुभाई दिदिबहिनीलाई खोजी कार्यमा सहयोग गरिदिन पनि मेयर हमालले आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्