Logo

सहकारी प्रकरणमा मेरो नामबाहेक केही छैन: गृहमन्त्री



काठमाडौँ, १४ चैत । गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफ्नो नामबाहेक केही उल्लेख नभएको बताएका छन् ।

उनले संसदीय समितिमा उपस्थित भएर यस्तो जानकारी गराएका हुन् ।

“उजुरीमा मेरो नामबाहेक केही छैन । न हस्ताक्षर न ल्याप्चे छ । न सामान्य फर्म भरिएको छ । मेरो नामबाहेक केही छैन । अदालतमा दर्ता भएको मुद्दामा म प्रतिवादी छैन । बयानमा पनि मेरो नाम उल्लेख भएको छैन,” उनले भने ।

उनले आफू सरकारमा सहभागी हुनुभन्दा पहिला नै सहकारी प्रकरणमा नाम उल्लेख गरिएको बताउँदै अहिले प्रभावित हुने काम नहुने बताएका छन् ।

गृहमन्त्री लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कानुनले दिएको भन्दा बढी अधिकार प्रयोग गरेको बताए । प्रसाईंका सुरक्षा गार्ड हतियारसहित पक्राउ परेको विषयमा सांसदले राखेको प्रश्नको जवाफमा गृहमनत्री लामिछानेले मन्त्रालयले यसबारे अध्ययन सुरु गरिरहेको जानकारी दिए ।

“हतियार राख्ने विषयमा धेरै कुरा आयो । अहिले प्रारम्भिक रूपमा कानुनले दिएको भन्दा बढी अधिकार प्रयोग भएको पाइएको छ,” गृहमन्त्री लामिछानेले भने, “हतियारको मालिक एउटा चलाउने अर्को व्यक्ति भएको पाइएको छ । हतियार चलाउने अख्तियार प्राप्त नभएको व्यक्तिको हातबाट पक्राउ परेको छ ।”

प्रतिक्रिया दिनुहोस्