Logo

उपप्रधानमन्त्री श्रेष्ठ छोनछिनमा



चीन, १४ चैत । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको राजधानी बेइजिङबाट आज अपराह्न पश्चिमी सहर छोनछिन पुगेका छन् ।

छोनछिनस्थित ज्याङ पे अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई छोनछिन नगरपालिकाका उपप्रमुख झाङ गुइजाई, छोनछिन नगरपालिकाको परराष्ट्र मामिलासम्बन्धी कार्यालयका उपमहानिर्देशक झाऊ यी, छेन्दुस्तिथ महावाणिज्यदूत सुरेश राउतलगायतले स्वागत गरेका थिए ।

आजै उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिस्ट पार्टी छोनछिन पार्टी सचिव युयान जाइजुनसँग भेट गर्ने कार्यक्रम छ । छोनछिनमा रहँदा उनले विभिन्न एतिहासिक क्षेत्रको भ्रमण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्