Logo

स्याङ्जामा किरियापुत्री दाजुभाइले दिए एसइई परीक्षा



स्याङ्जा, १५ चैत । स्याङ्जाको पुतलीबजार नगरपालिका-४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जना किरियापुत्रीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका छन् ।

फेदिखोला-४ घर भई सिद्धार्थ मावि फेदिखोला-१ मा अध्ययनरत सङ्गम क्षेत्री र सौगात क्षेत्री दुई दाजुभाइले परीक्षा दिएका हुन् ।

बाबाको मृत्यु भएका चौथो दिनमा परीक्षा दिएका सङ्गमको ०४३००५६५ आई र सौगातको ०४३००५६८ एल सिम्बोल नम्बर छ । शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जाका प्रमुख विश्वराज आचार्यले पहिलो दिनको परीक्षामा चार हजार ९९ जना परीक्षार्थी सहभागी भएको र ३४ जना अनुपस्थित रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्