Logo

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव



काठमाडौँ, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्यसम्बन्धी २६ बुँदे सुझाव पत्र बुझाएको छ ।

आज मन्त्रालयमा रास्वपाको स्वास्थ्य तथा जनसङ्ख्या विभागले स्वास्थ्यमन्त्री यादवलाई स्वास्थ्यसम्बन्धी २६ बुँदे सुझाव पत्र बुझाएको हो ।

रास्वपाले आधारभूत स्वास्थ्य सेवालाई नि:शुल्क कार्यक्रमको दोहोरोपनबाट अलग गर्नुपर्ने, आपत्कालीन स्वास्थ्य सेवालाई राज्यको पूर्ण दायित्वभित्र पारिनुपर्ने माग गरेको छ ।

यस्तै स्वास्थ्य बीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै अझै सशक्त, सहज र पारदर्शी बनाउनुपर्ने, एम्बुलेन्सको गुणस्तर बढाएर सहज उपलब्धताको व्यवस्था गर्नुपर्ने, सरकारी अस्पतालको आईसीयू र भेन्टिलेटरको क्षमता बढाउनुपर्ने लगायतका माग राखेको रास्वपाकी सांसद डा.तोसिमा कार्कीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्