Logo

सिरियामा इजरायलको हवाई आक्रमण: ३६ जनाको ज्यान गयो



सिरिया, १७ चैत । सिरियाको उत्तरी शहर एलेप्पोमा रहेको सैनिक शिविरलाई लक्षित गरी इजरायलले हवाई आक्रमण गरेको छ ।

शुक्रबार बिहानैदेखि भएको हवाई आक्रमणमा परी ३६ जना सिरियाली सैनिकको ज्यान गएको हो ।

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार एलेप्पो अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको जिब्रिन क्षेत्रमा रहेको हिज्बुल्लाह गोदाममा आक्रमण भएको थियो ।

बेलायतमा रहेको वाचडग समूहले उत्तरी एलेप्पोको ग्रामीण इलाकामा झण्डै तीन घण्टासम्म आक्रमण भएको जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्