Logo

नेपाल ‘ए’ ले दियाे आयरल्यान्ड ‘ए’ लाई २१४ रनकाे लक्ष्य



काठमाडौँ, १९ चैत । नेपालको ‘ए’ टोलीले तेस्रो तथा अन्तिम मैत्रीपूर्ण टी-२० क्रिकेटमा आयरल्यान्ड ‘ए’ लाई २ सय १४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल ‘ए’ ले २० ओभरमा ७ विकेट गुमाएर २ सय १३ रन बनायो । नेपालका आरिफ शेखले ४८ बलमा नट आउट ९३ रन बनाएका हुन् ।

यस्तै रशिद खानले २४, कमलसिंह ऐरीले नट आउट १९ रन बनाए । आयरल्यान्ड ‘ए’ का कप्तान फिओन हान्डले २ विकेट लिएका थिए ।

आयरल्यान्ड ‘ए’ ले यसअघि नै शृङ्खला जितिसकेको छ । आयरल्यान्ड ‘ए’ ले पहिलो खेल २१ रन र दोस्रो खेल ४० रनले जितेको थियो । आज नेपालले आफूलाई ‘क्लिन स्वीप’ हुनबाट जोगाउने प्रयास गर्नेछ ।

टी-२० शृङ्खलापछि यी दुई टोलीले तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला खेल्नेछन् । यो शृङ्खला बुधवारदेखि त्रिवि क्रिकेट मैदानमै शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्