Logo

शिक्षामा दलीय राजनीति अन्त्यको प्रक्रिया सुरु गर्छौ: मन्त्री श्रेष्ठ



काठमाडौँ, १९ चैत । शिक्षा, विज्ञान तथा प्राविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा रहेको दलीय राजनीति अन्त्यका लागि अभियान सञ्चालन गरिने बताएकी छन् ।

राष्ट्रियसभाको ‘सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’को आजको बैठकमा मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रको दलीय राजनीति अन्त्य गर्ने अभियानको सरुआत त्रिभुवन विश्वविद्यालय(टियु)बाट गरिने बताएकी हुन् ।

“शिक्षा क्षेत्रको लगानी परिणाममुखी हुन नसक्नुका कारण दलीय भागबन्डा हो”, उनले भन्नि, “मेरो पहिलो प्रयास टियुको सेवा आयोगमा भागबन्डा नगरी नियुक्त गर्न सुरु गरेको छु ।” उनका अनुसार सेवा आयोगको सदस्यका लागि आवेदन दिन खुल्ला आह्वान भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्