Logo

आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को रोमाञ्चक जित



काठमाडौँ, १९ चैत । नेपाल ‘ए’ ले तेस्रो टी-२० खेलमा आयरल्यान्ड ‘ए’ माथि तीन रनको रोमाञ्चक जित हात पारेको छ ।

नेपाल ‘ए’ ले दिएको २१४ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड ‘ए’ ले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर २१० रन मात्र बनाएको हो ।

आयरल्यान्डका लागि गरेथ डेलानीले सर्वाधिक ६८ रन बनाए भने मोर्गन टोपिङले ६० रन बनाए । त्यस्तै ओपनर रोस अदिरले ३१ र फिओन ह्यान्डले २२ रन बनाएका थिए ।

नेपाल ‘ए’ का लागि विपिन खत्रीले तीन विकेट लिए भने कमल सिंह ऐरी, नारायण जोशी र रसिद खानले एक-एक विकेट लिएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर २१३ रन बनाएको हो । नेपालका लागि आरिफ शेखले इनिङ सम्हाल्दै सर्वाधिक ९३ रन बनाए भने कमलसिंह ऐरी १९ रन बनाउँदै अविजित रहेका थिए ।

त्यस्तै आसिर अहमदले १९, पवन सर्राफले १३ र रसिद खान २४ रन बनाएर आउट भएका थिए ।

नेपालले यसअघि नै आयरल्यान्ड ‘ए’ विरुद्धको सिरिज गुमाएको थियो । नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ सँग बुधबारदेखि एक दिवसीय शृंखला खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्