Logo

नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेश अध्यक्ष निष्कासित



काठमाडौँ, २० चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का दुई प्रदेश अध्यक्ष निष्कासित भएका छन् ।

केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले गण्डकी अध्यक्ष राजन गुरुङ र बागमतीका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पदमुक्त गरी पार्टीबाट निष्कासन गरेकी हुन् ।

पार्टीका केन्द्रीय सदस्य रामलाल डगौरा थारु र रमेश विश्वकर्मामाथि सोमबार पार्टी संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेको अवस्थामा अभद्र व्यवहार गरी कुटपिट गरेको भन्दै दुवै जनालाई कारबाही गरिएको अध्यक्ष श्रेष्ठद्वारा जारी पत्रमा उल्लेख छ ।

अध्यक्ष रन्जिता चौधरी र संरक्षक रेशम चौधरीबीच पछिल्लो समय नयाँ सत्ता गठबन्धनमा जाने कि पुरानोमा भन्नेमा विवाद छ ।

प्रतिक्रिया दिनुहोस्