Logo

ताइवानमा शक्तिशाली भूकम्प



ताइवान, २१ चैत । ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार ७।४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।

भूकम्पका कारण ताइवान र छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको थियो ।

ताइवानको ख्वालिएन सहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसले जनाएको छ ।

ताइवानका अधिकारीहरूले यो २५ वर्षयताकै त्यहाँ गएको सबैभन्दा शक्तिशाली भूकम्प भएको बताएका छन् । भूकम्पका कारण पहाडी भेगमा पहिरो गएको छ । ह्वालिएन सहरमा धेरै भवन भत्किएका छन् । त्यहाँ उद्धार कार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस्