Logo

सङ्घीय संसद् भवनको निर्माण सुस्त गतिमा भयो: सभामुख



काठमाडौँ, २५ चैत । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको निर्माण सुस्त गतिमा भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

आइतबार निर्माणाधीन सङ्घीय संसद् भवनको अवलोकन गर्दै सभामुख घिमिरेले तोकिएको समयमा निर्माण नभएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

उनले सरकारको प्राथमिकतामा परेको आयोजना छिटो बनोस् भन्ने चाहना रहेको बताए । उनले निर्माणाधीन सङ्घीय संसद् भवन कहिले बन्छ भन्दा पनि आशा गर्ने ठाँउमात्रै रहेको जिकिर गरेका थिए ।

सभामुख घिमिरले संसद भवन निर्माणमा देखिएका समस्या र अप्ठेराहरुलाई समाधान गर्न आफूले पहल गर्ने बताएका छन् । एक वर्षपछि अनुगमनमा आउँदा यसअघि जुन गतिमा निर्माण हुनुपर्ने हो त्यसको ५० प्रतिशतमात्रै काम भएको देखिएको उनको भनाइ छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते सिंहदरबारस्थित पुतली बगैँचामा नयाँ संसद् भवन निर्माणको शिलान्यास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्