Logo

बङ्गलादेशी कलाकारको ४४ कला प्रदर्शन



काठमाडौँ, २८ चैत । काठमाडौँको ठमेलमा बङ्गलादेशी दुई कलाकारको ४४ कला प्रदर्शनी गरिएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशन, कला तथा संस्कृत विभागको आयोजनामा बङ्गलादेशी दुई कलाकार जबेर अहमद चौधरी र सञ्जयकुमार दासको कला प्रदर्शनी गरिएको हो ।

चौधरीद्वारा बनाइएका बङ्गलादेशका वरिष्ठ मूर्तिकार नोबेरा अहमेदका सन् १९६० मा प्रदर्शनी भएका मूर्तीहरूको फोटोग्राफी उक्त प्रदर्शनीमा राखिएको फाउण्डेशन कला तथा संस्कृत विभाग प्रमुख श्यामसुन्दर यादवले जानकारी दिए ।

प्रदर्शनीमा कलाकार दासको समसाययिक कलाहरू राखिएका छन् । बङ्गलादेशको जनजीवन, कला, संस्कृति, रहनसहनलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । यही चैत २५ गतेदेखि सुरु भएको प्रदर्शनी भोलिसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । विभागले यसअघि विभिन्न देशका कलाकारको कला प्रदर्शन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्