Logo

भाइको हत्या अभियोगमा दाइ नौ वर्षपछि पक्राउ



अर्घाखाँची, ३० चैत । भाइको हत्या गरेको अभियोगमा आफनै दाजुलाई प्रहरीले पक्राउ गरेको छ ।

शितगङ्गा नगरपालिकाको वडा नम्बर १२ रजियामा बस्ने राजन भुसालको हत्या गरेको आरोपमा आफ्नै दाजु जनकराज भुसाललाई प्रहरीले प्रकाउ गरेको हो । विदेश बस्दै आएका जनकराज एक महिना अगाडि मात्र घर आएका थिए ।

विशेष अनुसन्धान पछि ठाडादहबाट आज प्रकाउ गरिएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रमुख ऋषि राम घर्तीले जानकारी दिए । थप अनुसन्धानको लागि सात दिन म्याद थपिएको घर्तीले बताए । ९ वर्ष अगाडि हत्या गरेर भुसाल फरार रहेका थिए ।

जनकराजले हत्या आफूले गरेको स्वीकार गरेको प्रहरी प्रमुख घर्तीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्