Logo

सुनको मूल्य दुई हजार दुई सयले घट्यो



काठमाडौँ, २ वैशाख । स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला रु दुई हजार दुई सयले घटेर रु एक लाख ३६ हजार आठ सय कायम भएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला रु दुई हजार दुई सयले घटेर रु एक लाख ३६ हजार एक सय ५० कायम भएको छ ।

त्यसैगरी महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु ५० ले घटेर रु एक हजार सात सय कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्