Logo

सन्दीपको पेसी सोमबार १० वैशाखमा , शक्कल प्रति कागजात बुझाइयो



काठमाडौं,७ वैशाख । नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछानेको बलत्कार सम्बन्धी मुद्दाको पेशी १० वैशाखमा तोकिएको छ । शुक्रबार उच्च अदालत पाटनले सन्दीपको अन्तिम बहसको पेसी सोमबारका लागि तोकेको हो।

गत ३ बैशाखमा भएको सुनुवाईका दौरान उच्च अदालत पाटनले जन्म दर्ता सम्बन्धि प्रमाणपत्र को प्रतिलिपि का साथ निबेदन माग गर्न दिएको आदेशको शक्कली प्रति लगायत कागजात पालिकाले उच्च अदालत पाटनमा बुझाएपछि नयाँ पेसी तय भएको वताईएको छ ।

बादी र प्रतिवादीको तर्फका कानुन ब्यबसायीले उक्त बहसका क्रममा सो मुद्दालाइ प्राथमिकता राखेर हेर्न अदालत समक्ष माग गरेका थिए। कानुन व्यवसायिको माग बमोजिम उच्च अदालत पाटनले तादी गाउपालिकाबाट अबिलम्ब कागजात माग गरेको थियो।

अब सन्दीप को मुद्दाको अन्तिम सुनुवाई सोमबार हुने र सो को जानकारी प्रतिवादी र उच्च अदालत सरकारी वकिल कार्यालयलाइ समेत जानकारी भैसकेको स्रोतले जानकारी दियो।

 

प्रतिक्रिया दिनुहोस्