Logo

भाइको कुटपिटबाट दाइको मृत्यु



संखुवासभा, ८ वैशाख । संखुवासभामा घरायसी विवादमा भाइले कुटपिट गर्दा दाइको मृत्यु भएको छ ।

सभापोखरी गाउँपालिका(३ इथुम्बुमा ४० वर्यका सनमान राईलाई उनकै भाइ ३५ वर्षका प्रवीण राईले कुटपिट गरेर धकेल्दा ढुंगामा ठोक्किएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोककुमार जबेगुले जानकारी दिनुभयो ।

मृतक सनमान राई कान नसुन्ने र बोलीसमेत नआउने अपांगता भएका व्यक्ति हुन् । प्रहरीका अनुसार दाजुभाइबीच आँगनमा राखेको दाउराको विषयमा विवाद भएको थियो ।

घटनापछि प्रहरी चौकी बाह्रबिसेबाट खटिएको टोलीले कुटपिटमा संलग्न प्रवीण राईलाई पक्राउ गरेको र घटनाको अनुसन्धान भईरहेको प्रहरी निरीक्षक राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्