Logo

झापाको झिलझिलेमा भएको सवारी दर्घटनाका मृतक तीनैजना कमल गाउपालिकाका , मृतकको सनाखत



झापा, १२ वैशाख । झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा कमल गाउपालिका वडा नं. ४ का २५ वर्षिय मोटरसाईकल चालक मौसम राई, सेही वडा वस्ने २० वर्षिय युनिस भण्डारी र १७ वर्षिय सरोज रेग्मी रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ आउदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जादै गरेको प्र।१–०१–००१ च ९३२९ नम्बरको जीप एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्