Logo

प्रादेशिक आयुर्वेद अस्पताललाई दमक नगरपालीकाको सहयोग



दमक, १२ बैसाख । झापाको कमल गाउँपालीकामा रहेको प्रादेशिक आयुर्वेद अस्पताललाई दमक नगरपालीकाले औषधि सहयोग गरेको छ । अस्पतालमा बिरामीको चाप धेरै भएको तर आवस्यक औषधिको अभाव भएकोले दमक नगरपालीकाले साढे ३ लाख रुपैयाँ बराबरका बिभिन्न प्रकारका औषधि उपलब्ध गराएको हो ।

अस्पतालमा आज एक कार्यक्रमका विच दमक नगरपालीका उप प्रमुख रेगिना भट्टराईले अस्पतालका निर्देशक डाक्टर सिद्धार्थ ठाकुरलाई औषधि हस्तान्तरण गर्नुभएको हो । अस्पतालमा औषधि आवस्यक परेको देखेर ३ लाख ४८ हजार २ सय ४३ रुपैयाँ बराबरको औषधि उपलब्ध गराईएको दमक नगर उप प्रमुख भट्टराईले बताउनु भयो । मानविय सेवाका हिसाबले औषधि उपलब्ध गराईएको उहाँले बताउनु भयो । जिल्लाका अन्य पालीकाहरु संग पनि समन्वय गरेर अस्पतालको सेवा बृद्धि गर्न उहाँले अस्पताल प्रसासनलाई आग्रह समेत गर्नु भयो ।

औषधि हस्तान्तरण कार्यक्रममा अस्पतालका निर्देशक डाक्टर ठाकुरले अस्पतालमा भौतिक सम्चरचना पर्याप्त भए पनि जनशक्ति र औषधिहरुको अभावमा सकेजति सेवा दिन नसकिरहेको बताउनु भयो । अहिले भएका जनशक्तिले समय भन्दा धेरै काम बाँडफाँड गरेर सेवा प्रदान गरिरहेको उहाँले बताउनु भयो ।

अस्पतालमा उपचारका लागी बिरामीहरुको चाप दैनिक बढिरहेको भए पनि औषधि अभाव हुँदा बिरामीलाई खालिहात पठाउनु पर्ने अवस्थामा दमक नगरपालीकाले गरेको सहयोग सह्राहनिय भएको अस्पतालका निर्देशक डाक्टर ठाकुरले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्